हेटौंडा र बर्दिबासमा नयाँ डिलर राख्दै ह्वाईट लोटस

हेटौंडा र बर्दिबासमा नयाँ डिलर राख्दै ह्वाईट लोटस

By:

काठमाडौं । दुई पांग्रे विद्युतीय सवारी साधनको बिक्री वितरण गर्दै आएको ह्वाईट लोटस मोटर्सले २ स्थानमा डिलर विस्तार गर्ने भएको छ ।
कम्पनीले हेटौंडाको बाग भैरव ई मोटर्स र बर्दिबासको श्रेष्ठ इन्टरप्राइजेजमा नयाँ डिलर राख्न लागेको हो । कम्पनीले २ स्थानका नयाँ डिलर सोमबारदेखि सञ्चालनमा ल्याईने जनाएको छ ।

कम्पनीले यसअघि देशका १६ ठाउँमा आफ्नो डिलर नेटवर्क स्थापना गरिसकेको छ । देशभर विद्युतीय सवारी साधनको संख्या बढाउनु पर्छ भन्ने योजनाका साथ व्यवसाय सुरु गरेको सो कम्पनीले भारतीय ब्राण्ड ‘प्योर ईभी’ को विद्युतीय स्कुटर नेपाल भित्र्याएर बिक्री गर्दै आएको छ ।

कम्पनीले गत वर्षदेखि भारतीय ब्राण्डका विद्युतीय स्कुटर नेपाल भित्र्याएको हो । नेपाल भित्रिएको १ वर्षको अवधिमा ४ सयभन्दा बढी विद्युतीय स्कुटरको बिक्री भैसकेको कम्पनीले जनाएको छ ।